Gold
Bangad salyan

कोरोना पोजेटिभ बिरामीको खुट्टाको अप्रेसन ,

जेठ १२ ,काठमान्डौ -कोरोना पोजेटिभ बिरामीको हड्डीको अप्रेशन सम्पन्न भएको छ।

सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले बताए।

पाण्डेका अनुसार उनको खुट्टा भाँचिएको थियो। सुरुमा अस्पतालमा ठाँउ नभएको हुनाले काठमाडौं मेडिकल अस्पताल पठाएको पनि उनले जानकारी गरे।

अहिले युवाको अवस्था सामान्य रहेको र कोरोना पोजेटिभको अप्रेसन गरिएको पनि यो पहिलो घटना रहेको उनले बताए। सर्जरीमा डा. सुमन श्रेष्ठ र डा. तोया भट्ट रहेको पाण्डेले बताए।