Gold
Bangad salyan

विदेशमा रहेका नेपालीलाई सरकारले उद्दार गर्छ प्रधानमन्त्री ओली ,

जेठ १२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका र कोरोना संक्रमणले अलपत्र परेका नेपालि नागरिकको सरकारले उद्दार गर्ने बताएका छन्।

समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै गरेको र यो काम छिट्टै सुरु गरिने उनले बताए ।

सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आप्mना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ उनले भने ।

तेस्तै छिमेकी राष्ट्रबाट भित्रिनु भएका अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरेका छन् ।

जसले गद्रा परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिन सक्ने त्रास छ।

भित्रि सकेका नागरिकले सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन र अन्य नियमहरुको पालना गर्न जरुरी रहेकोपनि प्रधानमन्त्री ओलीले रास्ट्रको नाममा असम्बोधन गर्दै भनेका हुन्।

विदेशमा कोहि रहरले बसेको हुन्दैन कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन ।

विश्वव्यापी प्रवृत्ति र हाम्रो मुलुकमा त्यसको प्रभावलाई हेर्दा यस महामारीको संक्रमण अझै केही अवधि जारी रहने देखिन्छ ।

समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ केही नयाँ कदमहरु चालिने छ। धैर्य गर्दिनुहोला गृह कार्य भैइअरेह्को छ सरकारले छिट्टै उद्दार गर्ने छ।