कोरोना सर्ने डरले स्थानीयले विद्यालय भत्काईदिए ,
जेठ १६ ,काठमान्डौ – कोरोना सर्ने डरले स्थानीयले विद्यालय भत्काईदिएका छन्। भारतबाट आएका स्थानीय नागरिकलाई सरकारले विद्यालयमा क्वारेईनटाईनमा राख्न थालेपछि जाजरकोट भेरी नगरपालिकाका स्थानीयले विद्यालयनै भत्काईदिएका हुन्।
भेरी नगरपालिका ६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालय भवन केही शिक्षक र स्थानीयले विद्यालय भत्काइदिएका हुन् ।
भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडा अध्यक्ष शसी बुढाले बताए ।
अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या भएको वडाध्यक्ष बुढाले बताए ।
यस्तो महाविपदको बेला विद्यालय भत्काउने क्वारेन्टाइन बनाउन अवरोध गर्ने जोकोहीलाई कारबाही गरिने भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

