Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२

जेठ १६ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितका बिरामी १२ सय १२ पुगेको छ।

आज एकै दीन १७० जनामा कोरोना पुस्टि भएपछि संक्रमितको संख्या माथिको पुगेको हो।

शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २१२ पुगेको जनाए ।

संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।