Gold
Bangad salyan

एटिएम फुटाउदै गरेका व्यक्ति पक्राउ ,

जेठ १७ ,भक्तपुर – एटिएम फुटाउदै गरेर पैसा निकाल्ने खोजेका सिन्धुपाल्चोक कदम्बासका २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ।

मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एनआइसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

तामाङ अहिले मध्यपुरथिमि नगरपालिका–६ नगदेशम बसछन्। पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरिने प्रनाउ गिरीले बताए ।

उनका साथबाट एटिएम फुटाउने गरेको ह्याम्बर, एक थान स्क्रुड्राइभर, डण्डी, फुटाएको एटिएम मेसिनको बाहिरी कभरलगायत्का सामानहरु बरामद गरेको गिरीले बताए।