कर्णाली प्रदेश दैलेखको क्वारेईनटाईनमा बसेका एक जनाको मृतु ,
जेठ १७ ,काठमान्डौ – दैलेखको क्वारेईनटाईनमा बसेका एक जनाको मृतु भएको छ। उनि भारतबाट फर्केर क्वारेईनटाईनम अब्सेको १० दिन भएको थियो।
दुल्लु नगरपालिका,७ मा रहेको क्वारेन्टिनमा ३५ वर्षीय युवकको मृत्यु भएको हो। उनि दुल्लु नगरपालिका ११ का हुन्।
शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए।
चिया खाईसकेपछि एक्कासी ढलेको र ढलेको १० मिनेटमा मृतु भएको उनले बताए।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरज पन्तका अनुसार उनको तिनदिन अघि स्वाब संकलन गरी जुम्ला पठाइसकिएको छ।
शनिबार नै पिसिआर नतिजा आइसक्ने उनले जानकारी दिए।

