कर्णाली प्रदेश दैलेखमा बनेको क्वारेईनटाईन ,
जेठ १८ ,सुर्खेत – कर्णाली प्रदेश दैलेख भैरबी गाँउपालिकाले बनाएको क्वारेईनटाईनको स्तर हेर्दा उपचार प्रविधि बस्ने खाने कस्तो होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ।
शनिबार परीक्षणका क्रममा आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएपछि चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ ।
१० दिनअघि भारतबाट आएका उनीहरु ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
आरडिटी पोजिटिभ देखिएपछि अरुलाई पनि सर्ने भन्दै स्थानीयको गोठमा पठाइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टले बताइन् ।
यस्तै व्यवस्थापनका कारण कर्णालीको दैलेखमा सबै भन्दा पहिले कोरोना संक्रमण फेला परेको थियो तेस्तै दैलेखमा कोरोन संक्रमणबाट हिजो शनिबार एक जनाको मृतु पनि भईसकेको छ।
हाल सम्म दैलेखमा कोरोन असम्क्रमित्को संख्या ४८ पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेललेका अनुसार दैलेखको नारायण नगरपालिकाका १७ जनाको कोरोना संक्रमण देखिएको हो ।
नारायण नगरपालिका–३ का १६, १९, २९, ४८ वर्षीय पुरुष, नारायण नगरपालिका–५ का १८, २४, २५, २८, ३५ वर्षीय पुरुष, नारायण नगरपालिका–४ का १८, २०, २०, २२, २२ र ३८ वर्षीय पुरुष, नारायण नगरपालिका–८का २६ वर्षीय पुरुष, नारायण नगरपालिका–९ साँडुका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशमा अहिले सम्म संक्रमितको संख्या १ सय २३ पुगेको छ।

