लकडाउनको मौका छोपी रातिमा सुनपसल चोरि गर्ने ब्यक्ती पक्राउ ,
जेठ १९ ,काठमान्डौ – कोरोना महामारीको लकडाउनको मौका छोपी रातिमा सुन पसल चोरि गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ।
गत वैशाख ६ गते काठमान्डौ महानगरपालिका सरकारी धारास्थित नोर सुन चाँदी पसलबाट उनीहरुले करिब २ लाख २३ हजार बराबरको सुन चाँदी चोरेको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा काठमान्डौ गंगबु बस्ने पोखराका मिलन तामाङ,नुवाकोट तार्केस्वर हाल ठमेल बस्ने प्रेम तामाङ्गलाई चोरि कार्यमा संलग्नको आरोपमा शाखाले पक्राउ गरेको हो।
तेस्तै ,भारत मोतिहारी सुगौली ६ घर भई हाल काठमान्डौ ठमेल बस्ने ऋषि मुनि कुमारले चोरि गरि लगेको सुन खरिद गरेको आरोपमा महाशाखाको टोलीले तिनै जनालाई पक्राउ गरि आवस्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त लैचौर पठाएको छ।
प्रहरीले पक्राउ गरिएका ब्याक्तिहरुबाट ,सुनको मंगल सुत्र ,सुनको हार चाँदीका औठी ,ब्रासेट ,दियो ,किरिंग लगायतका सामानहरु बरामद गरेको छ।

