Gold
Bangad salyan

दैलेखमा क्वारेन्टिनबाटै भागेपछि गाँउमा तनाव ,

जेठ १९ ,काठमान्डौ – कर्णाली प्रदेश दैलेख नारायण नगरपालिकाको नारायण क्याम्पस क्वारेन्टिनमा राखिएका नागरिकहरु सोमबार भागेका छन् ।

उक्त क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको छ । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् ।

दुई दिन अघि कोरोना पुष्टि भएका १७ जनालाई क्वारेन्टिनमा राखीएको छ । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ ।

योसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या मात्रै ३४ पुगेको छ। हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् ।

दैलेखबाट मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिनेक्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काले बताए। भाग्न खोजेकालाई प्रहरीले पुन क्वारेन्टिनमा राखेको छ।