Gold
Bangad salyan

लकडाउनको बारेमा नँया मोडालिटी तयार गर्न उच्चस्तरिय समितिमा छलफल सुरु ,

जेठ २० ,काठमान्डौ – कोरना भाईरस रोकथाम तथा नियन्त्रण उच्चस्तर समितिको बैठक सुरु भएको छ।

लकडाउनको आज ७१ दिन पुगिसकेको छ ,तर पनि नेपालमा दैनिक कोरोना संक्रमित फेला परिरहेका छन् ,बढ्दो क्रममा देखिने गरेका छन्।

कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजना तयार पारिएको छ ।

सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका बनेको हो ।

यो खाकाबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायालय स्रोतका अनुसार नयाँ खाका समितिबाट पारित भए यसलाई अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिने छ ।

कोरोनाको कम जोखिम भएका क्षेत्रमा बिस्तारै खुकुलो बनाई जनजीवनलाई समान्यतर्फ लैजाने बताईएको हो।

समितिका सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउनु पर्ने पक्षमा छन् ।

तर प्रधानमन्त्री ओली भने खुकुलो बनाउने पक्षमा छैन ,लकडाउनलाई बढाएर जेठ ३२ गते सम्म निरन्तरता दिने ओलीले बताएका छन्।