कर्णालीमा थप २९ जना कोरोना संक्रमणका बिरामी थपिए,
जेठ २० ,काठमान्डौ – कर्णाली प्रदेशमा थप २९ जना कोरोना संक्रमणका बिरामी थपिएका छन्।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।
जस्मा सल्यानको दार्मा गाउँपालिका-१ मा दुई पुरुष, वडानम्बर २ का दुई वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।
वीरेन्द्रनगर नगरपालिका-१ का १७ देखि ५० वर्षसम्मका ८ जना, र वडान ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना जनामा कोभिड १९ फेला परेको हो ।
यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

