Gold
Bangad salyan

सप्तरीमा दुई समूहबीच झडप ८ राउण्ड हवाई फायर,

जेठ २१ ,सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको र एक अर्कामाथि घरेलु हातहतियार सहित आक्रमण गरेको प्रहरीले बताएको छ।

प्रहरीले घटनालाई नियन्त्रणमा ८ राउण्ड हवाई फायर गरेको छ।

घटनामा घाईते भएकाहरुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए।