क्वारेईनटाईनमा बसेकी महिलाको मृतु ,
जेठ २१ ,डडेल्धुरा – डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ।
गन्यापधुरा गाउँपालिका ,२ मा चार दिन अगाडि भारतबाट आएकी ३० वर्षीया महिलाको मृत्यु भएको हो।
गन्यापधुरा गाउँपालिका १ ले निर्माण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा महिला श्रीमान् र छोरासहित बसिरहेकी थिइन्।
गयराती सौचालय गएकि महिला बेहोस भए लगत्तै मृत्यु भएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए।
मृतक महिलाको स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेर स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

