Gold
Bangad salyan

प्रहरी चौकी तोडफोड गर्ने रुकुमका वडाअध्यक्ष पक्राउ ,

जेठ २२ ,काठमान्डौ – रुकुम पश्चिमको स्थायी प्रहरी चौकी तोडफोड गर्ने वडा अध्यक्ष पक्राउ परेका छन्।

मुसिकोट नगरपालिका,१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेर भागेका मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा अध्यक्ष संगै अन्य दुई जना युवालाई पनि प्रहरीले पक्राउ गरेको हो। मदिरा सेवन गरेर अध्यक्ष केसीले मङ्गलबार राति १५/२० जनाको टोलि ल्याएर प्रहरी चौकी तोडफोड गरेका थिए।

पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनामा संलग अन्यको खोजि भईरहेको प्रहरीले बताएको छ।