Gold
Bangad salyan

काठमान्डौमा तीनवटै प्रशासन कार्यालयको आकस्मिक बैठक सुरु ,

जेठ २२ ,काठमान्डौ – लकडाउन उल्लघन बढ्न थालेपछि उतात्यकाका तीनवटै प्रशासन कार्यालयको आकस्मिक बैठक बोलाईएको छ।

उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौँको हलमा आकस्मिक बैठक बसिरहेकाे हो ।

बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेकाे स्रोतले बताएको छ ।

लकदाउनको मोडालिटी कस्तो गराउने भन्नेबारे आज अपराहन्न ४ बजे मन्त्रिपरिषदको बैठकपनि बस्दै छ।

काठमान्डौका व्यवसायीहरुले आज देखि बिहान ११ बजे सम्म उधोग पसल खोल्ने भन्दै सुरु गरेका छन्।

सरकारले बल प्रयोग गरे बैंकको किस्ता ,ऋण ,कोठाभाडा सबै जम्मा सरकारले लिनुपर्ने भन्दै व्यवसाय संघले विज्ञप्ति गारी गरेको छ।