Gold
Bangad salyan

एकै दिन ३३४ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ २२ ,काठमान्डौ – एकै दिन ३३४ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ। बिहिबारमात्र ३३४ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका मन्त्रलायाले जनाएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ भने हाल सम्म निको भएर घर जानेको संख्या २९० पुगेको हो। यो संख्याबाट मृतकको संख्या १० पुगेको छ।