नवलपरासी पश्चिममा थप २ जनामा कोरोना पुष्टि, जम्मा संक्रमित १७ पुग्यो ,
जेठ २२ ,नवलपरासी पश्चिम – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा आज (बिहीबार) थप २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
भैरहवा स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा पाल्हीनन्दन १ का २१ बर्षिय र ४ का ३२ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिए ।
उनीहरु केहिदिन अघि भारतबाट आएर स्थानिय क्वारेन्टाइनमा बसेका थिए ।
यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
बुधबार मात्रै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पश्चिम नवलपरासीमा प्रतापपुर र सुस्ताका तीन संक्रमित भने निको भइसकेका छन् ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम,

