प्रहरी चौकी आक्रमण गर्ने वडा अध्यक्षलाई अभद्र व्यवहारमा मुद्दा,
जेठ २२ ,काठमान्डौ – प्रहरी चौकीमा स्थानीय १५/ २० जनाको समूह ल्याएर आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ ।
मंगलबार साँझ करिब ८ बजे मदिरा सेवन गरेका दिपक केसीले स्थानीयलाई ल्याएर मुसिकोट नगरपालिका,१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेर भागेका थिए,।फर्निचर, चेकजाँचका लागि बनाइएको पोष्टमा क्षति पुगेको छ ।
उनीहरुको समुहले प्रहरीमाथि कुटपिट समेत गरेका थिए ,प्रहरीको बर्दी च्यातेका थिए भने पेस्तोल समेत खोसेर लागेका थिए।
वडा अध्यक्षले रुकुममा बारम्बार दादागिरी गर्ने गरेको खुलेको छ यो भन्दा पहिले पनि उनि पक्राउ परेका थिए।
प्रहरीले वडाध्यक्षसहित राजन केसी, खिलराज गिरी र टेकबहादुर खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।
गत पुस २८ गते वडाध्यक्ष केसीलाई ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परे पनि माफी मागेपछि छाडिएको थियो ।
यति बेलापनि प्रहरीको बर्दी च्यात्ने ,स्थानीयको समूह ल्याएर प्रहरी चौकी तोडफोड गरेका छन् यो पटक अभद्र व्यवहारको मुद्दा चलाईएको डीएसपी ठगबहादुर केसीले भने।
प्रहरी चौकीमै आक्रमण गरे पनि प्रमुख जिल्ला अधिकारीको इजलासले हेर्ने अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा चलाइएपछि पीडित प्रहरी नै असन्तुष्ट रहेका एक प्रहरीले बताए ।
नयाँ फौजदारी संहिताअनुसार अभद्र व्यवहारसम्बन्धी कसुर भनेको सार्वजनिक मुद्दा हो । कसूर पुष्टि भएमा १ वर्ष कैद सजाय वा १० हजार जरिवाना वा दुवै सजाय र क्षतिपूर्ति भराउने व्यवस्था छ ।

