कर्णाली प्रदेशमा एकै दिन ११३ जनामा कोरोना पोजेटिभ ,
जेठ २२ ,काठमान्डौ – कर्णाली प्रदेशमा एकै दिन ११३ जनामा कोरोना संक्रमण फेला परेको छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरिएको परिक्षनमा मुगुका १ कत्यटका २७ वर्षीय पुरुष र दैलेख १०५ जना गरि १०६ जनामा संक्रमणको पुस्टि भएको हो ।
संक्रमित ५ वर्षीय बालिका सहित ३२ वर्षका ५ जना महिला र ४ वर्षीय बालक देखि ५५ वर्षका एक सय जना पुरुष रहेका छन्।
प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परिक्षनमा ८ जनामा पोजेटिभ देखिएको छ। ति सबै दैलेख नारायण नगरपालिका र नौमुले गाँउपालिकाका रहेका छन् ।
जसमा २ वर्षका बालक देखि ३६ वर्षका पुरुष रहेका छन्। तेस्तै कर्णाली प्रदेशमा हाल सम्म ३८० जना संक्रमित आईसोलेसनमा रहेका छन् भने २ जना नोको भएर घर फर्केका छन्।
कर्णाली प्रदेशमा दैलेखका एक जना युवकको कोरोना भाईरसबाट मृतु भईसकेको छ। कर्णाली प्रदेशमा हाल सम्म १५,२३१ जनाको आरडिटि परिक्षन गरिएको छ।
कर्णाली प्रदेसको ६ जिल्ला गरि ३८३ जना संक्रमित पुगेका छन्। ६५ जिल्लामा कोरोना फैलीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हाल सम्म नेपालमा १० जनाको मृतु भएको छ भने २६ सय ३४ जना संक्रमित फेला परेका छन् जसमा २९० जना निको भएर घर फर्केका हुन्।
मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ ।

