Gold
Bangad salyan

आजदेखि विदेशमा रहेका नेपालीको उद्दार सुरु ,

जेठ २३ ,काठमान्डौ – कोरोना महामारीले समस्यामा परि स्वदेश फर्कननसकेका नेपालिको आज शुक्रबारदेखि उद्दार सुरु हुने भएको छ।

पहिलोपटक भने बर्मामा रहेका नेपालीको उद्दार गरिने भएको छ। २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने छ भने काठमान्डौमा रहेका बर्माका नागरिक लिएर जहाज फर्किने छ ।

काम नपाएर बसेकालाई नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो ।तेस्तै शुक्रबारनै संयुक्त अरब इमिरेट्स (यूएई)बाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्‍याउने कार्यविधि बनाएको छ ।

१० जुन देखि विदेशका नेपालिलाई ल्याउने मन्त्रिपरिषदमा छलफल भएपनि वर्मा र युएईका नेपालीलाई आजनै ल्याउन लागिएको हो।