विदेशबाट फर्कीएका सबैलाई टेलिकमले सित्तैमा सिमकार्ड उपलब्ध गराउने ,
जेठ २३ ,काठमान्डौ – विदेशबाट फर्कीएकाली टेलिकमले सित्तैमा सिमकार्ड उपलब्ध गराउने भएको छ। सरकारले आजदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने सुरु गरेको छ।
आज पहिलो पटक बर्मा र युएईबाट नेपालीलाई उद्दार गरिदै छ। क्रमस दश जुनबाट प्रदेशबाट नेपालीको उद्दार सरकारले गर्ने निर्णय गरेको हो।
त्रिभुवन विमानस्थलमा नागरिक ओर्लीएपछि सरकारले गराएको होल्डिङ केन्द्र यति पार्टी प्यालेस बसुन्धरामा लगिने र उनीहरूको त्यहाँ स्वास्थ्य परीक्षण हुनेछ ।
लकडाउनको बेला परिवारसंग सम्पर्क गर्न सजिलो होस् भनेर नेपालटेलिकमले स्सबैलाई सिमकार्ड सित्तैमा उपलब्ध गराउन लागेको हो।
होल्डिङ केन्द्रमै उनीहरूको सबै व्यक्तिगत विवरण लिएर केहि बेर आराम गर्न दिएर सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई जिम्मा लगाउने उच्चस्तरीय समन्वय समितिले बताएको छ।
उनीहरु सबै स्थानीय क्वारेईनटाईनमा १४ दिन बसेर पिसिआर परिक्षन गरेपछि घर जान पाउने छन्।
सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।
सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने कार्यविधि बनाएको छ ।

