यूएईबाट आउने नेपालिको कोरोन जाँच् नहुँदा उडान अनिश्चित ,
जेठ २३ ,काठमान्डौ – सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारि गरे संगै यूएईको सारजहा विमानस्थलमा १६४ जना नेपालि रोकीएक छन्।
विमानस्थल पुगेर बोर्डिङपास लिएका इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना अहिले यूएईको सारजहा विमानस्थलमा रोकीएका छन् ।
उनीहरु नेपाल फर्किने भन्दै यूएईको स्थानीय समय अनुसार बिहानै १० बजे बोर्डिङपास लिएपनि कोरोना जाँच नहुँदा उडान हुने नहुने भनेन्मा अनिश्चितमा छन्।
सरकारले विदेशबाट फर्किने नेपालीको अनिवार्य कोरोना जाँचको रिपोर्ट हुनुपर्ने मापदण्ड बनाएको छ। तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन ।
अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

