कर्णाली प्रदेशमा हुम्ला सहित आज पनि संक्रमितको संख्या १०० नाघ्यो दैलेखमा मात्र ९७ जना ,
जेठ २३ ,काठमान्डौ – कर्णाली प्रदेश कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा गरिएको परिक्षनमा ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ।
ति मध्ये दैलेख दुल्लु र महाबाही गाँउपालिकाका ९० जना ९ देखि २२ वर्षका ३ जना महिला र ४ वर्षका बालक देखि ५६ वर्ष सम्मका पुरुषहरु ८७ जना रहेका छन्।
जुम्ला चन्दननाथका ३ जना २८ देखि ३५ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको ।
तेस्तै हुम्ला चम्खेलीका हाल जुम्लामा कार्यरत ५८ वर्षीय एक पुरुष, दोलखा स्थायी ठेगाना घर भएका हाल जुम्लामा कार्यरत एक जना २५ वर्षीय पुरुष ,रामेछाप स्थायी ठेगाना भएका जुम्लामा कार्यरत २३ वर्षीय एक पुरुष, गोर्खा स्थायी घर भई हाल जुम्लामा कार्यरत २५ वर्षीय एक पुरुषमा कोरोना संक्रमित फेला परेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएको हो तेस्तै राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा गरिएको परिक्षनमा दुई जनामा पोजेटिभ देखिएको छ।
ति मध्ये एक जना २४ वर्षीय सुर्खेत सिम्ताका एक जना दाङ्ग लमहीका रहेका छन्। तेस्तै कर्णाली प्रदेशका ७ जिल्ला गरि ४७९ जनामा हाल सम्म कोरोना संक्रमण फेला परेको छ।
तेसै गरि कर्णाली प्रदेशमा हाल सम्म ३१,९५२ जना क्वरेईनटाईनमा बसेका छन् भने ४७५ जना आईसोलेसन्मा रहेका छन्। तेसै गरि कर्णाली प्रदेशमा हाल सम्म २ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृतु भएको छ।
पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिंगमा जानकारी दिएको छ भने दैलेखका एक जनाको यो भन्दा अगाडीनै मृतु भईसकेको छ।
कर्णालीमा आज हुम्ला जिल्ला थपिएको छ भने हाल सम्म ६८ जिल्लामा कोरोना फैलीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गरेको छ।

