Gold
Bangad salyan

गोरखामा दलित हरूलाई झुटो मुद्दा लगाएर हिरासतमा ,

जेठ २४ , काठमान्डौ – गोरखा बारपाक सुलिकोट वडान ४ शौरपानीमा दलित हरूलाई गाई काटेको झुटो मुद्दा लगाएर गोरखा जिल्ला प्रहरी कार्यालयमा थुनिएका छ।

प्रहरीले राजु रम्तेल ,पारस रम्तेल ,सुपारे काली रम्तेल ,गोरे कोइरालार ३ वटा बच्चाको आमालाई सहित अहिले गोरखा प्रहरी हिरासतमा राखिएको ।

केहिदिन अगाडी भिरबाट खसेको गाईलाई सबै गाँउले मिलेर काटेका थिए। गाईकाटेको देखेपछि नजिकै अर्को गाँउलेले प्रहरीलाई खबर गरेका थिए।

लगतै जौवारी प्रहरी कार्यालयबाट गएको प्रहरीले सबै गाउँलेलाई लिन खोजेपनि पछि चार जना दलितलाई मात्र लिएर मुद्दा चलाउने भन्दै अहिले सम्म हिरासतमा राखेको छ।

गाँउका सोजा साजा दलितहरूलाई झुटा मुद्दा लगाउने डरले सबै गाउनै त्रसित भएका छन्।

अहिले विभिन्न जिल्लामा बिना कारण दलितको हत्या ,बलात्कारगरि हत्या गरिएका घटना ताजै छन्।