Gold
Bangad salyan

काठमान्डौमा तिन दिन लगातार झरी ,

जेठ २४ ,काठमान्डौ – काठमान्डौमा तिनबाट लगातार झरी परिरहेको छ भने देशका अधिकांस भू भागमा भारि वर्षा भईरहेको छ।

आजपनि वर्षाले निरन्तरता पाउने तर भोलिबाट भने मौसममा सुधारहुने मौसमविदले बताएका छन्।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा भईरहेको छ ।

कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशमा पनि हिजो दिनभर पानि परेको छ भने अहिलेपनि झरी परिरहेको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशमा पूर्ण बदली हुनेछ । तेस्तै तराईका अधिकांस भू भागमा पानि परिरहेको छ।

प्रदेश ५ को स्थानहरुमा हल्का वर्षा भइरहेको छ । भाने बाँकी प्रदेशमा सामन्य बदलि हुने अनुमान गरिएको छ।

केहि हप्ता बाट सक्रिय देखिएको मौसम भने भोलिबाट सुधार हुने मौसमविदले बताए।