दलितले पकाएको खाना खाएभने म बहुलाउछु नराम्रो सपना देख्छु।
जेठ २४ ,काठमान्डौ – कथित जातियका नाममा कलङ्क फैलाउने यस्तै व्यक्तिले गर्दछन तेसैले राज्यले यस्तालाई तत्काल कारबाही गर्न आवस्यक देखिन्छ।
अर्घाखाँचीको क्वारेईन टाईनमा दलितले पकाएको खाना खान्न भन्दै बहिस्कार गर्ने दिनेश घिमिरे यी हुन्।
मालारानी गाउँपालिका,४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो ।
वडा कार्यालयबाट स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् ।
म मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु, बिरामी हुन्छु, नराम्रो सपना देख्छु, भनेपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।
दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन् ।
जसले गर्दा एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ज्याउने काम भयो उनले भनिन।अहिले देशभर दलितको नाममा विभिन्न छुवाछुत देखाउने हत्या गर्ने दलितलाई बलात्कारी गर्ने यस्ता पाखण्डीलाई सरकारले तत्काल कारबाही गर्न जरुरि छ ।
कतिथ दलितले माथिल्लो जाति संग प्रेम गर्न नमिल्ने भन्दै रुकुम पश्चिम सोतीमया नवराज विक संगै ६ जनाको हत्या गरिएको छ तेस्तै हिजो मात्र गोरखामया ४ जना दलितलाई झुठो मुद्दा लगाएर प्रहरीले पक्राउ गरेको छ।
अन्या छुवाछुत भेदभाव गर्ने विरुद्द राज्यले कुनै कारबाही नगरे जसको परिणाम र आन्दोलन खेप्न नसक्ने दलित सांसद मिन विश्वकर्माले बताएका छन्।

