Gold
Bangad salyan

गुर्भाकोट सुर्खेतमा पहिलोपटक एक जनालाई कोरोना पोजेटिभ ,

जेठ २५ ,काठमान्डौ- सुर्खेत गुर्भाकोट नगरपालिका १२ का  एक जनामा कोरोना पुस्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्क्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षन क्रममा उनीमाथि कोरोना पोजेटिभ देखिएको हो।

केहि दिन अगाडी भारतको ईन्दौरबाट आई गुमीको क्वारेईनटाईनमा बसेका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमित युवक संगै चार जनामा आरडीटि परिक्षनमा पोजेटिभ देखिएको थियो। चार जना संगै अन्य ६ जनाको ट्रेसिङ्गको लागि पठाईकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मेहेलकुनामा निर्माण हुनलागेको आईसोलेसन आज तयारी हुने र उनलाई आजै आईसोलेसन्मा राखिने गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी गर्नुभयो।