कर्णालीको दैलेख कोरोना रेड जोनमा ,
जेठ २४ ,काठमान्डौ – कर्णाली प्रदेशको दैलेख रेड जोनमा परेको छ। दैलेखमा दैनिक जसो एक सय बढीको हाराहारीमा कोरोना संक्रमित देखिने गरेका छन्।
शनिबारसम्म ३ सय ५२ जनामा संक्रमण देखिएको छ । यो संख्या कर्णालीमा हालसम्म संक्रमण पुष्टि भएमध्येको ६० प्रतिशत हो ।
प्रदेशमा संक्रमित संख्या ५ सय ८७ पुगेको हो । दैलेखमा जेठ १ गते यता १३ हजार ५ सय ४४ जना दैलेख भित्रिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा छ ।
यिनीहरु मध्ये जम्मा २ हजार २ सय ५९ जनाको मात्र स्वाब संकलन भएको छ । क्वारेईनटाईनको व्यवस्थापन नहुँदा भारत गुजरात विभिन्न सहरबाट आएकालाई कोचाकोच गरेर राखीएको छ भने कतिको रिपोर्ट नआउदै घर पठाईएको छ।
कोरोना समुदायस्टारमा समेत गईसकेको छ क्वरेईन टाइनमा रहेकाको रिपोर्ट जाँच हुनसकेको छैन भने समुदायमा कहिले गर्ने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने । भारतबाट आउने हरुलाई पटक पटक एउटै गाडी प्रयोग गर्नाले पनि संक्रमण बढेको उनि बताउछन।
जेठ १० गते नारायण नगरपालिकाका २ सय ५८ जना संक्रमित मुलुक भारतको विभिन्न सहरबाट घर आएका थिए उनीहरूलाई जाँचैबिनै १४ दिनसम्म सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा राखियो । उनीहरुको एकतिहाईमा संक्रमण फेला परेको थियो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्याम्पसलाई अन्य स्थानीय तहका बासिन्दाको समेत ‘होल्डिङ एरिया’ बनाइँदा अधिकांशमा संक्रमण देखिएको छ ।
दैलेख भित्रिनेलाई नाकामा चेकजाँच गर्ने र भारतबाट आएकाहरुलाई सबैलाई एउटै ठाउँमा नराखिएको भए यस्तो भयावह अवस्था आउने थिएन जिल्ला स्वास्थ्यका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भन।
जिल्लाको ११ स्थानीय तहका २ सय ३३ स्थानमा बनाइएका क्वारेन्टाइनमा अहिले १२ हजार ८ सय ८४ जना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यी सबै भारतबाट भित्रिएका हुन् ।
नारायण नगरपालिकामा १ हजार ४ सय ३७, दुल्लुमा १ हजार ३७ र महाबुमा १ हजार ४ सय ३७ शय्याका क्वारेन्टाइन बनाइएका छन् ।
भारतबाट घर फर्किनेहरू बढ्दै गएपछि संक्रमण देखिएका ३ वटै स्थानीय तहका सबै क्वारेन्टाइन भरिएका छन् । मापदण्ड पुर्याउन नसकेकका क्वारेन्टाइनका कारण पनि संक्रमण फैलिएको फोकल पर्सन रेग्मीले बताए ।
संक्रमित बढेपछि उपचार र व्यवस्थापनमा समस्या भएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ ।संघ र प्रदेश सरकारले वेवास्ता गरेको र रिपोर्ट ढिलो आउनाले संक्रमित बढेको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए।
स्वाब संकलन गरेर मात्र भएन रिपोर्ट छोटो आयो भने उपचारमा सहज हुने थियो र व्यवस्थापन गर्न सहज हुने थियो दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले भने ।
संक्रमित बढ्दै गएपछि महाबु गाउँपालिकासहित नारायण र दुल्लु नगरपालिकाले क्वारेन्टाइनलाई आइसोलेसन बनाउन सुरु गरेको छ ।
मापदण्डअनुसार जिल्ला अस्पतालमा ४० शय्याको आइसोलेसन बनाइएको छ । अस्पताल प्रमुख डा. नीरञ्जन पन्तले ४० बेडको आइसोलेसनमा ३५ जना संक्रमितको उपचार भइरहेको बताए ।
उनका अनुसार अस्पतालमा ५ शय्याको आईसीयू बनाइएको छ भने २ वटा भेन्टिलेटर छन् ।कर्णाली प्रदेश दैलेखमा सबै भन्दा पहिले कोरोना संक्रमणबाट युवकको मृतु भएको थियो भने अहिले विभिन्न जिल्लामा संक्रमितको मृतु हुने गरेको छ।

