सरिता गिरीको घरमा ढुंगामुढा गर्ने प्रहरी नियन्त्रणमा ,
जेठ ३० ,काठमान्डौ – समाजवादी पार्टीकि सांसद सरिता गिरीको घरमा ढुंगा मुढा गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाजुराका २८ वर्षीय हेमराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। गिरीको विशालनगरस्थित घरमा मंगलबार उनीसंगै केहि ब्याक्तिले तोडफोड र कालोझण्डा देखाएका थिए ।
गिरीले असुरक्षित भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्। सरकारले जारि गरेको लिम्पियाधुरासहितको नँया नक्सा निशान छापमा पनि सो अद्यावधिक राख्नका लागि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ ।
तर, सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । जसको सामाजिक संजालमा चौतर्फी विरोध भईरहेको छ।
सरिता नेपालि रहेर पनि भारतीयको पक्षमा रहनुले संसदका सांसद मात्र नभई पुरै नेपालि रुस्ट देखिन्छन।
सरिताले नेपालि नक्सामा दिएको अभियाक्तिले समाजवादी पार्टीले पनि आपति जनाएको छ र जनताले तत्काल सरिता गिरीलाई कारबाहीको माग गरेका छन्।

