Gold
Bangad salyan

समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने ,

जेठ ३० ,काठमान्डौ – जनता समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो) संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ ।

शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्‍मा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ।

जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी हुन्।

उक्त विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ।