Gold
Bangad salyan

सरकार लकडाउन खुकुलो पार्ने भन्छ यता एकै दिन ४ सय ४८ जनामा कोरोना संक्रमण ,

जेठ ३० ,काठमान्डौ – नेपालमा अहिले धेरै जसो दैनिक कोरोना संक्रमित बढ्ने गरेका छन्।

आज मात्र २४ घण्टामा ४ सय ४८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

आजको कोरोना संक्रमणको संख्या हाल सम्मकै उच्च हो ,सरकारले गरेको लकडाउनलाई वेवास्था गरेपछि दैनिक जस्तो संक्रमित बढेका पाईने गरेका छन्।

संक्रमित हुनेमा मोरङका २ पुरुष, झापाका ७ पुरुष, महोत्तरीका १० पुरुष, चितवनका ८ पुरुष, धादिङका २९ पुरुष, सप्तरीका १७, उदयपुरका ३, सिरहाका ११ जना, इलामका १ जना, झापाका ६ जना, सुनसरीका १० जना, पर्वतका १३ जना, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना र तनहुँका १ जना रहेका छन् ।

बर्दियाका १५ जना, बाँके १, नवलपरासी पूर्वका ४ जना, मोरङका १ जना, महोत्तरीका ६ पुरुष, धनुषाका १४ जना, सर्लाहीका ७ जना, कपिलवस्तुका ४ जना, दाङका ८ जना, दैलेखका ३८ जना, सुर्खेतका ४५ जना, अर्घाखाँचीका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जन, प्युठानका २ जना, रुपन्देहीका १६ जना, नवलपरासी पश्चिमका ४ जना, बाराका १ जना, धनुषाका १ जना, नुवाकोटका १ जना, रौटहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५० जना रहेका छन् ।

यो संगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ति मध्ये ८७७ जनाले कोरोनालाई जितेर घर फर्कीएका छन्। तेसैगरी नेपालमा कोरोनाबाट १६ जनाको मृतु भएको छ।