रुकुम घटनाको योजनाकार वडा अध्यक्ष प्रहरीलाई समेत गलत सूचना यो हेर्नुहोस गृहको प्रतिवेदन ,
असार १ ,काठमान्डौ – पश्चिम रुकुम सोती ८ मा जाजरकोटका ६ जना युवाको ह,त्या योजनाकारमा चौरजहारी नगरपालिका ८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ ।
सोतीकि सुस्मा मल्लले आफ्नो प्रेमिका नवराजलाई बोलाएपछि वडाध्यक्ष डम्बरबहादुर मल्लले नवराज सहित उनका साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ ।
घटनाको छानविन गर्न गृह मन्त्रालयका सह सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ ।
अनुसन्धान अधिकृतहरुका अनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए ।
युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले बताएको छ ।उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ ।
त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको छ ।
उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरेका छन् । तर उनले प्रहरीलाई उल्टो सुचना दिएको खुलेको छ।
, वडाध्यक्षले फोनमा ढुंगेखानीमा घटना भएको भनेर टिपाएका थिए, त्यसैले प्रहरी त्यता गयो । उनले औल जिउलामा युवाहरुलाई छेक्ने योजना बनाएका रहेछन् अनुसन्धानमा संलग्न एक अधिकृतले भन।
वडा अध्यक्षले घटना घटाउने उदेश्यलेनै प्रहरीलाई गलत सूचना दिए तेस्पछि प्रहरी घटनास्थल पुग्न नसकेको खुलेको छ।
उनले गाँउलेलाई भेला गरेर धेरै टाढा पुगिसकेका युवाहरुलाई पिछा गरेर ढुंगा, मुढा प्रहार गरी नवराज विक, टीकाराम सुनार, गणेश बुढासहित ६ जनालाई ह,त्या गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।
वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ । मल्लले बहने आफुले कसैलाई नकुटेको दाबि गरे ,
वडाध्यक्ष मल्लले भने आफूले नै गलत सूचना पाएको प्रहरी समक्ष दाबी गरेका छन् । उनले घटना भएको दिन आफू क्वारेन्टिनको अवलोकनमा रहेको बताउँदै भनेका छन्, ‘नगरपालिकाका स्वंमसेवकहरु पनि क्वारेन्टिन अवलोकन गर्न आएकाले उनीहरुलाई पनि केटाहरु आएको जानकारी गराइ नियन्त्रणमा लिनुपर्छ भनी म गाउँतिर गएको हो ।
म गाँउमा जाँदा कुनैपनि केटाहरुलाई देखेन तर खोज्दै जाँदा घटनास्थल भएको स्थानमा एक जना कार्की थरका केटालाई प्रेमबहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रणमा लिएको देखेको उनले बताए ।‘
अन्य प्रतिवादीहरु पछाडिबाट दौडिँदै आउँदै थिए,अन्य केटाहरु म भन्दा अगाडि नदी बगरतिर गइसकेका रहेछन् गरेको होइन ।
हाल प्रहरी नियन्त्रणमा रहेका मल्लको दाबि मैले कसैलाई कुटपिट गरेको छैन। घटनामा ६ जना युवाको ह,त्या गरिएको छ भने १३ जना घा,ईते छन्।
रुकुम पश्चिम सोती घटनाबारे गृह मन्त्रालयले प्रेस विज्ञप्ति




