गृहको निर्णय सबै सवारी पास खारेज,
असार १ ,काठमान्डौ – गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।
लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो ।
पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।
सवारी साधनमा जोर विजोरको नियम लागु गरेपनि काठमान्डौका विभिन्न स्थानमा पहिले जतिकै जाम बढेको देखिन्छ।
दैनिक जसो कोरोना संक्रमणका बिरामी विभिन्न जिल्लामा फेला पर्नुले कतै महामारीको भयावह आउने पो होकी भन्ने समेत देखिन्छ।

