Gold
Bangad salyan

सरकारले दैनिक जस्तो आरडिटी र पीसीआर परिक्षन बढायो ६ देखि ९ हजार ,

असार ७ ,काठमान्डौ – सरकारले २४ घण्टामा २२ वटा प्रयोग शालामागरि ६ हजार ८ जनाको नमुना पीसीआर परिक्षन गरेको छ भने ९ हजार ८ सय ७४ आरडिटी परिक्षन गरेको मन्त्रालयले जानकारी दिएको छ।

तेस्तै हाल सम्म नेपालमा सरकारले टोटल १ लाख ७५ हजार १७३ पीसीआर र २ लाख ६२ हजार १६४ आरडिटी विभिबाट जाँच गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

तेस्तै हाल सम्म ९४ हजार ९ सय २८ संक्रमित क्वारेईनटिनमा छन् भने ७ हजार २ सय ३१ जना कोरोना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ।

नेपालमा एकै दिन २४ घण्टामा ४२१ जना कोरोना संक्रमित फेला परेका छन्।परेपछि संक्रमितको संख्या ९ हजार २६ पुगेको छ भने आज मात्र १ सय ९४ जनाले कोरोना जितेर घर फर्कीएपछि डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

जसमा १४९ जना महिला र १ हजार ६२३ जना पुरुष रहेका छन्। दाङ्ग र काठमान्डौमा एक एक जना गरि रेड जोनमा परेपछि जम्मा ५०५ जना रेड जिनमा परेका छन्।नेपालका ७५ जिल्लामा कोरोना संक्रमण फैलीएको छ।