Gold
Bangad salyan

कर्णाली प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित, संख्या १२५६ पुग्यो ,

असार ७ ,काठमान्डौ – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमित थपिएका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २/२ जना र रुकुम पश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ भने ५३१ जना डिस्चार्ज भएका छन्।