जनतालाई बेसारपानि खाउ भन्ने प्रधानमन्त्रीले ५ करोडको गाडी किन्न तयारी, मीनेन्द्र रिजाल ,
साउन ९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीफेरी विवादमा परेका छन् ,ओली कोरोनाको महामारीमा कहिले ओमनि ग्रुप ,कहिले स्वास्थ्यसामग्री कहिले कोरोनाको डाक्टर त कहिले बेसारपानिले गर्दा आलोचनामा परेका छन्।
फिल्हाल ओली गाडी किन्ने प्रक्रियामा विवादित बनेका छन् ,सरकारले प्रधानमन्त्रीका लागि ५ करोडको गाडी खरिद प्रक्रिया अगाडि बढाएको छ जसको प्रतिपक्षिदल नेपालि कांग्रेसले विरोध गरेको छ।
नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना महामारीका बीचमा पनि सरकारले गाडी किन्न लागेको भन्दै गृहमन्त्रीसंग जवाफ मागेका छन्।
मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्।
प्रधानमन्त्री ओलीको लागि खरिद गर्न लागेको ५ करोडको गाडी गत फागुनमा खरिद प्रक्रिया रोकीएको थियो ,हालै नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको सांसद रिजालको भनाइ छ।
असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो?,’ सांसद रिजालले प्रश्न गरे।
रिजालले अगाडी प्रश्न गरे के बजेट खर्च गर्ने ठाँउ नपाएर गाडी किन्न लागेको हो। कोरोना रोकथाममा बेसारपानीको थेरापी लागु गर्ने अनि सरकार सफलता खोज्ने बजेट खर्च गर्ने ठाँउ नभएजस्तै गाडी खरिद प्रक्रिया गर्ने फजुल सरकारी खर्च हो कि के हो जवाफ दिनुहोस रिजालले भने।
रिजालले हालै चिनियाँ कम्युनिष्ट पार्टीले सत्तारूढ नेकपालाई दिएको आन्तरिक प्रशिक्षणबारे पनि संसदमा प्रश्न उठाएका छन्।
रिजालले भने उत्तर छिमेकको दलको नेपालमा सत्तारूढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता संतुलन मिलाउन लाग्ने काम उत्तिकै उपाच्य छ ‘यसमा सत्तारूढ दलको ध्यान जाओस् ।

