पतंजलीको औषधिले कोरोना निको हुन्छ भन्नु भर्म, डा. रविन्द्र पाण्डे ,यो हो कोरोना मन्त्र ,
असार १० ,काठमान्डौ – अहिले नेपालमा कोरोनाको डर जतातै बढेको छ ,नेपालका ७६ जिल्लमा गरि १० हजार बढी संक्रमित फेला परेका छन् ति मध्ये २२ सय बढी निको भएर घर फर्किसकेका छन्।
धेरैको मनमा कोरोनाले छोयो भने मरिन्छ कि भन्ने डर छ तर स्वास्थ्यकर्मीले भने कोरोना लाग्दैमा डराउन नहुने बताउछन।
यसैबेला नागरिकलाई बेला बेलामा सामाजिक संजालबाट निरन्तर कोरोनाको शुत्र बताईरहने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे समिरले कोरोनाबाट बच्न केहि सरल नियम पालना गरे पुग्ने बताएका छन्। उनका अनुसार कोरोनाको शुत्र हो जहाँ भीड त्यहाँ कोभिड ,नो भीड नो कोभिड ,
– कोरोना लाग्दैमा कसैको निधन नहुने पाण्डे बताउछन ,८५ प्रतिशत संक्रमितलाई कोरोना लागेको थाहानै नपाएर समन्य लक्षन देखिएर निको हुने ,दश प्रतिशतलाई लक्षन अनुसारको समन्य उपचारगरे निको हुने उनले बताए।
जसमा ५ प्रतिशालाई मात्र सघन उपचारको आवस्यक हुने र २.५ प्रतिशत निको हुन्छन तेस्को आधालाई मात्र जोखिमको खतरा हुन्छ।
– उमेर र दीर्घरोग मात्र जोखिम बढाउने अवस्था हैनन्। दीर्घ मुटु, फोक्सो तथा किड्नीको रोग, औषधिबाट नियन्त्रण नभएका मधुमेह, उच्च रक्तचाप, दम तथा अटो इम्युन डिजिज भएका र उमेर बढी भएका व्यक्ति घरभित्र पनि आइसोलेसनमा बसेमा संक्रमण नहुन सक्छ।
– अहिलेसम्म कोभिड निको गर्ने स्पेसिफिक औषधि बजारमा आएको छैन १०० प्रतिशत ठिक हुन्छ भन्ने रामदेवको भनाइ गलत छ।
सानो स्यापल साइजमा तथा युवा उमेरका संक्रमितमा गरिएको क्लिनिकल ट्रयालको रिपोर्टको कुनै अर्थ छैन।
शुन्य प्रतिशतको डेथ तथा ३ दिनमै ६९ प्रतिशत कोरोना मुक्त भएको भन्ने कुरा गलत छ। पाण्डे अगाडी भन्छन पतंजलीको औषधिमा मिसिएको गुर्जो, अश्वगन्धा तथा तुलसी नेपालमा जहाँपनि पाइन्छ।
जसले भाइरसलाई नष्ट गर्दैन, पतंजली व्यापारिक संस्था हो, उसका धेरै उत्पादन पछिल्लो समयमा गुणस्तरहीन छन्। हामीले कोरोनिल ट्याब्लेटले कोभिड निको हुन्छ भन्ने भ्रममा नपरौं। त्यस्तै कोभिड निको गर्छु भन्दै कसैले दावी गर्छ भने प्रमाणित नभएसम्म त्यस्ता कुरा विश्वास नगरौं आफ्नै देशमा भएका जडिबुटी सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउँ।
-कोभिड बिरुद्धको खोप १ महिनापछि तेस्रो फेजमा पुग्ने अमेरिकी बैज्ञानिक एन्थोनी फाउचीले बताएका छन्। यो २०२० भित्र खोप आउने विश्वास गरिएको छ। खोप नै यसको भरपर्दो समाधान हो।
– तरकारी, फलफुल, खानेकुरा, पैसा आदिबाट सामान्य सतर्कता अपनाए कोरोना संक्रमण सर्दैन। यो रोग सर्न नदिनको लागि बन्द कोठामा संक्रमितसंग लामो समय कुरा नगर्ने, कार्यस्थलमा झ्यालढोका खोल्ने, भीडभाडमा नजाने, तथा आत्मबल बलियो बनाउने नै हो।
– इम्युनिटी पावर बढाउन पोषिलो खाना खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने, घाम ताप्ने, सकारात्मक सोंचको बिकास गर्ने, चिन्ता नलिने, योग / ध्यान गर्ने गर्नुपर्दछ।
– डिजिटल डिस्टेंस कायम गर्ने – मेडियाको ब्रत लिने आधिकारिक सूचना र विज्ञको सल्लाह सुन्ने बानी गर्ने र दिमागबाट कोरोना हटाउने समिरले बताए। शारीरिक कोरोनाभन्दा मानसिक कोरोना धेरै घातक हुन्छ, शंका र अनाबश्यक जिज्ञासा पाल्नु हुँदैन।
– ब्यबसायीले घाटा न्यूनीकरण गर्न बैकल्पिक पेशा अपनाउने, महँगो भाडा, ऋण तथा बिबिध खर्चलाई कटाएर तनाबमुक्त हुने, रोजगारी गुमेका व्यक्तिले कृषिमा आफ्नो भविष्य हेर्ने पर्ने उनको सुझाव छ।
– लाखजना संक्रमित भएपनि तपाइँ संक्रमित नभएसम्म तनाब लिनुको अर्थ छैन। तपाइंलाई संक्रमण भएपनि २-३ हप्तामा निको हुन्छ ,आफ्नो आन्तरिक क्षमतामा जहिले पनि विश्वास गर्नुपर्दछ।
-हामीले केहि बर्ष कोरोना भाइरससंगै बाँच्नु पर्ने हुनसक्छ, तसर्थ सरसफाई लगायत सुरक्षाबिधि अपनाएर आफ्नो काम गर्नु बुद्धिमानी हुन्।
सहि तरिकाले नाक, मुख छोप्ने गरि मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी जहाँ भएपनि कायम गर्ने र हात धोइरहने गर्दा यो रोग नसर्ने डा रविन्द्र पाण्डे समिरको भनाई छ। तपाईहरु पनि सबैले यो नियम पालना गर्नुहोस।

