एमसीसी र नक्सा विवादमा सीआईए र रअका एजेनड बहुलाउदैछन्, युवा विश्लेषक खत्री ,
असार १० ,काठमान्डौ – एमसीसी र नक्सा दादागिरीको असफलताबाट सीआईए र रअका सुराकीहरु बहुलाउँदै छन।
चीनले कहाँ गरेको छ जबर्जस्ति सिमा अतिक्रमण ? सरकारी स्तरबाट जानकारी देउ।
दोलखा जिल्लाको लामा बगरमा गाडिएको सिमा स्तम्भ यतैका कर्मचारीहरुले सिर्जना गरेको समस्या हो।
चीनसंग सहमति भएको ठाउँमा सिमा स्तम्भ नगाडेर पहाडको फेदमुनी गाड्नेहरुले गरेको गल्तीलाई चीनले गरेको अतिक्रमणका रुपमा प्रचार गर्नेहरु सीआईए र रअ का विक्षिप्त सुराकीहरु हुन्।
नेपाललाई अमेरीकाको सैन्य किल्ला बनाउन नसकेर मानसिक असन्तुलनमा पुगेका एमसीसीका भरीयाहरु र लिम्पियाधुरा-कालापानी नक्सा पारित भएपछि नेपालमा ईण्डियन प्रभूत्वको स्खलनबाट होस् उडेका सुराकीहरुले नेपालीहरुको राष्ट्रियताको लडाईंलाई विषयान्तर गर्न चीनलाई हस्तक्षेपकारी शक्तिका रुपमा प्रस्तुत गर्न खोजेका छन्।
ईण्डियाले ६४ हजार हेक्टर जमिन कब्जा गरेको कुरा उच्चारण गर्न नसक्ने बिमलेन्द्र निधि जस्ता रअका सुराकीहरु र एमसीसी ल्याएर चीन हान्ने सपना सजाएर बसेका सीआईए र एमआई ६ का हण्डिमारा मिडीया र व्यक्तिहरुले नेपालको मूल समस्यालाई ओझेलमा पारेर आफ्नो रणनीति अघी बढाउने आदेश ईण्डो-पश्चिमा साम्राज्यवादीहरुबाट पाएका छन्।
देशको भूमी जो सुकैले अतिक्रमण गरे पनि स्विकार्य हुँदैन। यद्वि-पक्षिय सहमति भएका कुराहरु बाहेक चीनले जबर्जस्ति कहाँ कहाँ गरेको छ भनेर सरकारले तथ्यहरु सार्वजनिक गर्नु पर्दछ।
यदि सरकारले यो काम गरेन भने त्यसैले नै चीनका विरुद्धमा प्रचार गराएको पुष्टि हुन्छ।
CIA र RAW को यो धन्धा विश्व ध्रुविकरणलाई आफ्नो पक्षमा पार्ने रणनीति हो। यो नेपाललाई ईण्डो-पश्चमिा सैन्य किल्लाका रुपमा परिणत गर्ने चालबाजी हो।
यो साम्राज्यवादीहरुलाई मित्र शक्तिका रुपमा प्रस्तुत गर्ने र मित्र शक्तिहरुलाई शत्रु शक्तिका रुपमा प्रस्तुत गरेर नेपालीहरुलाई ईण्डो-पश्चिमाहरुको गोलचक्करमा घुमाईरहने योजना हो।
यस्तो प्रकार गर्नेहरु एमसीसीले नेपाललाई स्वर्ग बनाउँछ भन्ने दलालहरु, रअको निम्तामा लुकिलुकि लैनचौरमा जाँड धोक्न जानेहरु र कथित राेटी-बेटीकाे सम्बन्धका बहानामा नेपाललाई इण्डियाकाे प्रान्त बनाउनु पर्छ भन्ने एजेन्टहरू छन्।
आजभन्दा ६० बर्ष अगाडि सगरमाथा सहितका डेढ दर्जन स्थानहरूमा सहमति भएर टुंगिएका विषयहरुलाई चिनियाँ अतिक्रमणका रुपमा प्रचार गर्नेहरुले के खोजेका हुन् भन्ने कुरा स्पष्ट छ।
सामाजिक युवा विश्लेषक,,
ओबी लाल खत्री,
कर्णाली प्रदेश गुर्भाकोट ३ डोब सुर्खेत ,

