रुकुम पश्चिम सोती प्रकरणमा २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश ,
असार १० ,काठमान्डौ – रुकुम पश्चिम सोती चौहरजारी नगरपालिका ८ मा जेठ १० गते घटेको जातिय नरसंहार मुद्दामा दोषी देखिएका वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रुकुमले आदेश दिएको छ।
जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालयका प्रमुख विनोद पौडेलले बताए।
रुकुम जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराका अनुसार प्रेमिका भनिएकि सुस्मा मल्लकी आमालाई एक लाख धरौटीमा छोड्न र प्रतिवादी बनेका लबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश दिएको बताए।
पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए ।
मुद्दा पुर्पक्षका लागि थुनामा जानेमा वडाध्यक्ष मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमबहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६९१० र परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (३) छन् ।
त्यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, बिराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भनिने सविन पुन र मोहन पुन मगरलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको स्रेष्तेदार बोहराको भनाइ छ ।
जेठ १० गते रुकुम पश्चिम सोती ८ मा रहेकी आफ्नी प्रेमिका सुस्मा मल्ललाइ लिन जाजरकोट भेरी नगरपालिका वडान ४ का २१ वर्षीय नवराज विक आफ्ना साथीहरुलाई लिएर रुकुम पुगेका थिए।
तल्लो जातले माथिल्लो जातकी छोरी ताकेको भन्दै स परिवार वडा अध्यक्ष लगायत गाँउ मिलेर ६ जनालाई कुटपिट गरि भेरिनदिमा बगाएका थिए।
त्यसक्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो ।

