Gold
Bangad salyan

नेकपा स्थायी समितिको बैठक सुरु ,

असार १२ ,काठमान्डौ – नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा ११ बजे र २० मिनेटमा सुरु भएको छ।

गत बुधबार बसेको पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।

आज सदस्यहरुले सातवटा एजेण्डामा केन्द्रीत रहेर धारणा राख्ने बताईएको छ ।नेकपामा पार्टी तथा सरकार सञ्चालन र एमसीसीबारे चर्को विवाद छ ।

आज कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार,नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा,पार्टी कामको समीक्षा र संगठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने र एमसीसी र विविध गरी प्रमुख सात एजेण्डामा छलफल हुने नेकपाले जनाएको छ ।