Gold
Bangad salyan

मानव अधिकारको कारबाही सिफारिस आशिका तामाङ अत्तालीईन

जेठ१३

काठमान्डौ – मानव अधिकारको कारबाही सिफारिसपछि रास्वपाका सांसद भागा भागको तयारीमा छन।

उनीहरुले सामाजिक संजालमा अभिव्यक्ति लेख्दै उल्टै मानव अधिकार्लाई  दोष देखाउन थालेका छन । यस्तै बेला सांसद बनेकी आशिका तामाङले यस्तो लेखेकी छिन।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा मेरो नामसमेत उल्लेख गरिएको विषयप्रति मेरो गम्भीर आपत्ति र ध्यानाकर्षण भएको छ ।

म आशिका तामाङ विगत २०१८ सालदेखि भ्रष्टाचार, कुशासन, अन्याय र राज्यका गलत प्रवृत्तिविरुद्ध खुलेर बोल्दै आएको व्यक्ति हुँ । जर्मनीबाट नेपाल फर्किएपछि म एक्लै भए पनि अन्यायविरुद्ध कराउँदै, बोल्दै र सडकदेखि सामाजिक सञ्जालसम्म आवाज उठाउँदै आएको छु । उमेरले Gen-Z नहुला , तर मनले सधैं युवा पुस्ताको पीडा, आक्रोश र आशासँगै उभिएको छु । तर आज मलाई दुःख लागेको कुरा के हो भने ,आयोगले मेरो नाम लेख्दा मैले अस्पताल–अस्पताल पुगेर गोली लागेका घाइते भाइबहिनीहरूको अवस्था बुझेको देखेन । पीडित परिवारको आँसु पुछ्न गएको मेरो मानवता देखेन, राष्ट्रिय मानव अधिकार आयोग ले ? तर मेरो अभिव्यक्ति भने देखेछ । मैले कसैलाई हिंसा गर्न उक्साएको छैन । मैले आगजनी गरेको छैन । मैले तोडफोड गरेको छैन । मैले निर्दोषमाथि गोली चलाएको पनि छैन । मैले केवल अन्यायविरुद्ध बोलेको हुँ । मलाई अझ एउटा कुरा ले झस्काएको छ भने , यही केपी ओली नेतृत्वको सरकारले मलाई १८ दिन हिरासतमा राखेको थियो । त्यो बेला मेरी छोरी जम्मा ३ वर्षकी दुधे बालिका थिइन् । त्यो बेला मेरो पीडा, मेरो परिवारको पीडा र राज्यको अन्याय मानव अधिकार आयोगले देखेन । आज अचानक मेरो अभिव्यक्तिमाथि प्रश्न उठाउन यो आयोग कहाँबाट टुप्लुक्क आइपुग्यो ? यदि अनुसन्धान गर्ने हो भने हिसाब–किताब त्यहीँबाट होस् । अनुसन्धान त्यहीँबाट सुरु होस् । मैले बोलेका शब्द मात्र होइन, मैले भोगेका अन्याय पनि हेरियोस् । म सम्बन्धित निकायलाई स्पष्ट रूपमा भन्छु  मेरो कुन अभिव्यक्ति, कुन गतिविधि र कुन भूमिकाले हिंसा भड्कायो भन्ने तथ्य सार्वजनिक गरियोस् । निष्पक्ष अनुसन्धान गरियोस् । सत्य लुकाएर लुक्दैन । जनताको पक्षमा बोलेको आवाज दबाएर सत्य समाप्त हुँदैन । भगवान पशुपतिनाथले सत्य र न्यायको सधैं रक्षा गरून् ।