Gold
Bangad salyan

नवलपरासी पश्चिमको ७ वटै पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख,

असार १२ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको ७ वटै स्थानिय तहकोे कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७ रुपैया प्रस्तुत भएको छ ।

जिल्लाको यि ७ वटै स्थानिय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

सभाहरुमा रामग्राम नगरपालिकाकाले ८० करोड ५२ लाख ५६ हजार २०० रुपैयाको अनुमाति बजेट प्रस्तुत गरेको छ, भने सुनवल नगरपालिकाकाले ७६ करोड ३३ लाख ३७ हजार ५०९, बर्दघाट नगरपालिकाकाले ९६ करोड ८६ लाख १ हजार ५७० रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

यता पाल्हीनन्दन गाउँपालिकाले पनि ४३ करोड ३७ लाखको अनुमानति बजेट प्रस्तुत गरेको छ भने, सरावल गाउँपालिकाले ५३ करोड ९० लाख, प्रतापपुर गाउँपालिका ६९ करोड ८१ लाख ९६ हजार ०६८ रुपैया र सुस्ता गाउँपालिकाले ६० करोड ९३ लाख ७६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । ७ वटै स्थानिय तहहरु मध्ये बर्दघाट नगरपालिकाको बजेट बढि रहेको छ ।

७ वटै पालिकाहरुले कोरोना नियन्त्रण तथा रोकथाम, कृषि, स्वास्थ्य, भौतिक पुर्वधार विकास र स्वरोजगारका कार्यक्रमहरुलाई बजेटको प्राथमिकतामा राखेका छन् ।

यि ७ वटै पालिकाहरुले आ–आफनो गाउँ / नगरको निति तथा कार्यक्रमहरु पनि प्रस्तुत गरेका छन् ।

कोरोनाले प्रभावित क्षेत्रमा विशेष लगानी र सहुलियत दिने गाउँपालिका तथा नगरपालिकाकाहरु निति तथा कार्यक्रममा उल्लेख रहेको सम्बन्धित गाउँपालिका र नगरपालिकाहरुले जानकारी दिएका छन् ।

रविन्द्र यादव ,
नवलपरासी पश्चिम ,