शुक्रबार क्वारेन्टिनमा बेहोस भएका बिरामीलाई भेन्टिलेटर छैन भन्दै ४ वटा अस्पाल रिफर तर अझै उपचार भएन,
असार १४ ,कैलाली – क्वारेन्टिनमा गम्भीर स्वास्थ्य समस्या आएर बेहोस भएका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ४ का २२ वर्षीय युवकको भरतपुर अस्पतालमा अहिलेसम्म उपचार भएको छैन।
लाजस्पद्द कुरा त के छ भने उनलाई असपताल्ले तिन दिन अघिबाट भेन्टिलेटर छैन भन्दै विभिन्न अस्पतालमा डुलाई रहेका छन्।
बिरामी बेहोस छन् केहि थाहा पाउन्दैनन बिरामीका परिवारलाई तनाब छ तर अस्पतालले ४ वटा अस्पताल डुलाई सक्यो अझै उपचार भईसक्यो।
विरामी जेठ २६ गते भारतबाट फर्केर तीन हप्तादेखि वडा नम्बर ४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए।
शुक्रबार बेलुका शरीरमा झमझम गरेको भन्दै अस्पताल ल्याउदै गर्दा बाटोमा बेहोस भएका उनि अझै होसमा छैनन्।
बेहोस पछि उनलाई सुरूमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
अस्पतालमा डाक्टरले बिषालु जीवले तोकेको छ भने पनि कुन जिव भने भनेनन्, अस्पतालमा भेन्टिलेटर सहितको आइसोलेसन बेड खाली नहुँदा प्रादेशिक अस्पतालले कोहलपुर मेडिकल कलेज लैजान सुझायो।
राति ९ बजे आईल्याई पुर्याईएका उनलाई मेडिकल कलेजले उनलाई सरकारी अस्पतालमा लैजानु भनेपछि २ बजे राति भेरी अञ्चल अस्पताल नेपालगंज पुर्याईयो।
त्यहाँपनि भेन्टिलेटर सहितको आइसोलेसन वेड अभाव रहेकाले उनको उपचारमा समस्या भएको अस्पतालले जनायो र डाक्टरले चेक जाँच समेत गरेन ।
तेस्पछि अहिले उनलाई भरतपुर अस्पतालमा ल्याईएको छ ,अहिले तेहा बिरामीलाई सामान्य वेडमा राखीएको छ ,रगत जाँच गर्दा रिपोर्टमा विषालु जीवले टोकेको भन्ने जानकारी आएको परिवार श्रोतले बतायो।
दिउँसो सम्म बेहोस भएका बिरामीलाई अस्पतालले उपचार गर्ने संकेत दिएको छ।

