Gold
Bangad salyan

जनार्दन शर्माको पहलमा आजदेखि रुकुम पश्चिममा पीसीआर मेसिन जडान,

असार १५ ,काठमान्डौ – कर्णाली प्रदेश रुकुम पश्चिममा पीसीआर मेसिन जडानको काम भईरहेको नेकपा नेता तथा पुर्व गृहमन्त्रि जनार्दन शर्माले जानकारी दिएका छन्।

चौरजहारि नगरपालिका वडान २ को सेवाकेन्द्र नजिकको भवनमा पिसिआर मेसिन जडानको काम भईरहेको शर्माले बताएका हुन्।

पीसीआर जडानले रुकुम पश्चिम रुकुम पुर्व जाजरकोट ,सल्यान ,डोल्पा र सुर्खेतका केहि भागका नागरिकको कोरोना टेस्ट गर्न सहज हुने उनले बताए।

हाल सम्म कर्णालीका जुम्ला र सुर्खेत प्रदेश अस्पालमा मात्र पीसीआर परिक्षण मेसिन छ । दश जिल्लाको स्वाब संकलन गरेर पठाउँदा परिक्षणमा ढिलाई भएपछि क्वारेईनटाईनबाटनै नागरिक भाग्ने गरेका छन् भने कतित् संकलन गरिएका स्वाबहरु अस्पतालको ल्याबमा थन्किएका छन्।

यस अघि दैलेख जिल्लमा पठाईएको पीसीआर मेशिन अझै सुचारु भएको छैन भने सुर्खेत अस्पतालमा रहेको एक पीसीआर पिग्रीएपछि जुम्ला स्वास्थ्य विज्ञान शालामा पठाउने गरिएको छ।

कोभिड १९ बाट बच्न र बचाउन सहज हुनेगरी शर्माले आफ्नै पहलमा स्थानिय नागरिकको सहयोगमा १० दिनमा क्वारेईनटाईन निर्माण गरि सुचारु गरेका छन्।

रुकुम पश्चिममा पीसीआर मेसिन जोडीएसंगै स्वाब परिक्षणको रिपोर्ट भनेकै बेला उपलब्ध गराउन सकिने शर्माले बताए। उक्त मेसिन जडान कार्यमा सबैलाई शर्माले धन्यवाद दिएका छन्।