अमेरिकाले नेपाललाई भन्यो एमसीसी पास गर्नुहोस यस्तो अवसर आउदैन ,
असार १६ ,काठमान्डौ – अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी नेपालको संसदबाट पारित हुन ढिलाई भएपछि अमेरिकाले भनेको छ कोषको उपलब्धता सधैँ खुला रहदैन लाने भए लानुस ।
अनुदान स्वीकार गर्नु नगर्नु नेपालको अधिकार हो तर यस्तो कोष निरन्तर आउदैन अमेरिकी दुतावसले सोमबार विज्ञप्ति जारि गर्दै भनेको छ यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन।
२०१७ सेप्टेम्बरमा नेपालले एमसीसीसँग सम्झौता गरे पनि २०१९ भित्र नेपालले संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएको थियो।
दुतावासले भनेको छ झन्डै ५५ अर्ब विकास साझेदारी एमसीसी परियोजना संसद्बाट अनुमोदन हुन नसक्नुमा अमेरिका ‘जानकार रहेको’ छ।
अनुमोदन ढिलाइ गर्नुको अर्थ झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिको फाइदा उपलब्ध गराउन ढिलाइ गर्नु हो’ विज्ञप्तिमा भनिएको छ।
अमेरिकाले अगाडी भनेको छ एमसिसिलाई अगाडी बढाउन थप नेपालले ठोस कदमहरुलाई निरन्तरता दिन जरुरि छ।
सत्तारुढ दलभित्र एमसीसीको विषयमा चर्को विवाद भएपछि पारित हुन नसकिरहेको अवस्थामा दूतावासले यस्तो धारणा सार्वजनिक गरेको हो ।
एमसीसीले विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दसौँ करोडका ३७ वटा अनुदान सम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको भन्दै दूतावासले यी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गर्ने दावी गरेको छ ।
अमेरिकाले अगाडी भनेको छ विकास साझेदारीको रुपमा एमसीसी विश्वभर परिचित छ ,यस वर्ष एससीसीले एक पटक फेरि सहयोग पारदर्शिता सूचकाङ्कमा शीर्ष द्विपक्षीय दाताको स्थान हासिल गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो सम्झौता विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलापमा मात्रै केन्द्रित हुने र एमसीसी परियोजना सहयोग पारदर्शिता हुने समेत बताईएको छ।
अमेरिका र नेपालबिचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल कार्य भईरहेका छन् एमसीसीलाई पास गर्न नेपालले ढिलाई नगरोस फेरी म्याद थपेर नेपालको संसदबाट एमसीसी पासगरोस विज्ञप्तिमा भनिएको छ ।
नेपालमा एमसीसी पास गर्यो भने अमेरिकी शैन्य सत्ता लागु हुने र नेपालको कानुनसंग बाझिने एमसीसीमा सर्त भएकै कारण पास नभएको नेकपाका नेता कार्यकर्ता बताउछन।
यो विषयमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जवाफ दिएनन मात्र उनले संसदबाट एमसीसी पास हुनुपर्ने र गराएरे छोड्ने भनेपनि उनलाई कसैले साथ् दिएनन।
,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि विपक्षिमा उभिएपछि केपी ओली गुन्मान रहे। एमसीसीलाई संसदबाट अनुमोदन गर्ने समय आज लास्ट हो ,सभामुख अग्नि प्रसाद सापकोटाले भोलि १७ गते सम्मको लागि संसद स्थगित गरेका छन्।

