नेकपा बैठकमा आज विवाद बढ्ने संकेत प्रधानमन्त्री रास्ट्रपतिलाई भेट्न पुगे ,
असार १६ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले बैठक हुनु अगावै पटक पटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने गरेका छन्।
प्रधानमन्त्रीले पार्टीको निर्णय विपरित र संविधान विपरित अध्यादेश जारि जारि र खारेजमा पनि राष्ट्रपतिलाई भेटेका थिए।
तेस्तै कोरोन महामारीको बिचमापनि ओलीले राष्ट्रपति भण्डारीलाई भेट्दा सेना परिचालाको कुरा भईरहेपानी तेसो भएन।
आज प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ११ बजे बिहान शीतलनिवासमा पुगेका छन् ।
अहिले प्रधानमन्त्री निवास वालुवाटारमा गत बुधबारबाट स्थायी समिति बैठक बस्दै आईरहेको छ ,बैठक बस्नु अगावै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ,बैठकमा प्रधानमन्त्री उपस्थिति नहुने एक छिन आउने र जाने गरेपछि सदस्यहरु आक्रोसमा छन्।
बैठकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुचारु गरेका थिए , गत बैठकमा बुधबार देखि लगातार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो ,जसमा सरकारले जारि गरेको नेपालको नँया नक्साको सबै नेताले प्रसंसा गरेका थिए।
तेसैगरी यो अगाडिको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको सोफा र कुर्सीका विषयमा विवाद भएको थियो ।
हिजो प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका दिन दिएको अभिव्यक्तिलाई नेकपाभित्र विवाद चर्कीएको छ।
प्रधानमन्त्री ओलीले आफुले नेपालको नक्सा जारि गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजिएको अभिव्यक्ति दिएका छन्।
आफुलाई हटाउन होटेलभित्र दुतावासका मानिसहरुसंग छलफल गरेको बताएका छन् जसलाई आज नेकपाले प्रस्ट बाहिर ल्याउने छ भन्ने सबैको धारणा छ।

