Gold
Bangad salyan

काठमान्डौमा समुदायस्तरमै कोरोना फैलीएको आसंका आज ५४ जना थपीए ,

असार २२ ,काठमान्डौ – पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको पाईएको छ।

आजपनि उपत्यकामा ५४ जनामा कोरोना पोजेटिभ पुस्टि भएको हो ,जसमध्ये काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ ।

तेस्तै शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना जाँच गराउनेको संख्या थामी नसक्नु भएको अस्पतालले बताएको छ।

उपत्यकामा बस्नेलाई घरबेटीले कोरोना रिपोर्ट ल्याएरमात्र आउन आग्रह गरे पछि नागरिकले थप पिडा पोखेका छन्।

काठमान्डौको समुदायमा कोरोना बढेको आशंकामा सरकारले परिक्षण बढाएको छ।

समुदायमा कोरोना फैलीएको आशंकामा काठमान्डौको तिनकुने र नख्खु टोलका २२८ जनाको कोरोना परिक्षण गरिएको तर सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।