माक्स नलगाई बाहिर नजानु प्रहरीले पक्राउ गर्छ ,
असार २२ ,काठमान्डौ – माक्स नलगाई बाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ।माक्स नलगाई बाहिर निकनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
माक्स नलगाई बाहिर निस्कनेलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका हुन् ।
कोरोना भाईरसको महामारी बढिरहेको र लकडाउन नखुलेकोबेला विभिनन स्थानमा भिड भाड बढेको भन्दै मन्त्रालयले साबधान रहन समेत जनाएको छ।
लकडाउन नखुलेको यो व्यवस्थित मात्र गरिएको भन्दै अति आबस्यक काम भन्दा बाहिर ननिक्लने र निक्लेपानी २ मिटरको दुरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ।

