Gold
Bangad salyan

ओली -प्रचण्डको वालुवाटारमा छलफल सुरु ,

असार २३ ,काठमान्डौ – नेकपा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच वालुवाटारमा छलफल सुरु भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तर्द्वन्द समाधानको लागि दुवै अधय्क्ष दैनिक जस्तो छलफलमा जुटेका छन्।

हिजोपनि ओली र प्रचण्डको छलफल भएको थियो तर कुनै निष्कर्ष नानिक्लेपछी प्रचण्ड बाहिरिएका थिए।

आजको छलफलले केहि विवादको समाधान निकाल्ने सबै नेताहरुको अनुमान छ। स्थायी समति बैठकपनि भोलि ११ बजे सम्मको लागि स्थगित गरिएको छ।

प्रचण्ड केहि अघि मात्र प्रधानमन्त्री निवासमा पुगेको वालुवाटार श्रोतले जनाएको छ।

प्रधानमत्री ओलीलाई नेकपा बरिस्ठ नेता देखि स्थायी समितिका ३० जनाले राजिनामा मागेका छन् तर ओली यो मान्न तयार रहेका छैनन्।

ओलीले राजिनामा नदिने बरु अर्को पार्टी खोल्ने समेत धम्कि दिएपछि नेकपाको समधानको बाटो अब केहोला त भन्ने आम नेपालीको चासोको विषय बनेको छ।