Gold
Bangad salyan

काठमान्डौ कोरोनाको उच्च जोखिममा तिन दिनमा १०३ जना थपिए ,

असार २३ ,काठमान्डौ – राजधानीमा आज थप २८ जना कोरोना संक्रमणका नँया बिरामी थपिएका छन्।

हिजो पनि राजधानीमा ५४ जनामा कोरोना फेला परेको थियो भने आईतबार ३० जनामा संक्रमण देखिएको थियो।

दैनिक जस्तो संक्रमित थपिएसंगै काठमान्डौ कोरोनाको उच्च जोखिममा मानिएको छ। आज थपिएका संक्रमित काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्।

 

तेस्तै सोमबार काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत ७ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल एयरलाईन्सका चालक दलका ३ सहित अन्य ११ जनामा समेत कोरोना देखिएको छ।

स्वास्थ्य मन्त्रालयले गरेको आजको मिडिया ब्रिफिङ्गमा आज २ सय ४ जना कोरोनाका बिरामी नेपाल भरिबाट थपिएक छन्। यस्तै हालसम्म २५ हजार ७ सय २७ जना संक्रमित क्वारेन्टाइनमा छन् भने ८ हजार ६३४ जना आइसोलेसनमा छन्।